मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २५ फागुन

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप घर भई सोही नगरपालिका-१५ ढुङ्गेड्डा डेरा गरी बस्ने ५० वर्षीयाजुमुना तन्दुकार आफ्नै कोठामा शनिबार मृत अस्थामा फेला परेकी छिन् ।

सप्तरी, खडक नगरपालिकास्थित खडक खोलाको दहमा सोही नगरपालका-८ मुसहरनिया बस्ने २५ वर्षीया मुनिता कुमारी मण्डल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

रौतहट, चन्द्रपुर नगरपालिका१ सिर्जना बस्ती बस्ने ७३ वर्षीया फुलमाया माझी सोही ठाउँस्थित नहरमा शनिबार मृत अवस्थामा फेला परेकिन् ।

यसैगरी रौतहट, गरडा नगरपालिका६ पोठियाहीस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीयपुरशनिबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित हनुमन्ते खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीयपुरशनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)