डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, २३ फागुन  

​महोत्तरी, पिपरा गाउँपालिका-६ रतौलीस्थित शिव इँटाउद्योगमा काम गर्ने भारत प्रदेश युपी साहाजातपुर ग्राम छारा पोष्ट प्वाया बस्ने सुरज पालकी छोरी ३ वर्षीया सैजल पालको सोही उद्योगमा रहेको पानीको खाल्डोमा डुबेरबिहीबार दिउँसो मृत्यु भएको छ ।

​सिराहा, लहान नगरपालिका-१० स्थित प्राविधिक शिक्षालयको ग्राउण्ड भित्र रहेको पोखरीमा डुबेर सिरहा नगरपालिका-२१ लकडिगोठ घर भएका ५६ वर्षीय देब नारायण मण्डलकी नातिनी ३ वर्षीया पृषा मण्डलको मृत्यु भएको छ । बिहीबार दिउँसो डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)