आजको राशिफल – २०८२ मंसिर १५ गते (१ डिसेम्बर २०२५)

आजको राशिफल – २०८२ मंसिर १५ गते (१ डिसेम्बर २०२५)

मेष (Aries): खर्च बढ्ने संकेत छ। व्यवसायमा लगानी बढाउनुपर्ने छ तर उधारोमा काम गर्नुपर्ने अवस्था आउन सक्छ। प्रतिस्पर्धामा सावधान रहनुहोस्। यात्रा गर्ने अवसर मिल्नेछ।

वृष (Taurus): नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ। छोटो समयमै नाफा उठाउन सकिन्छ। नयाँ काममा अग्रसर हुने समय छ।

मिथुन (Gemini): तारिफयोग्य कामले चर्चामा ल्याउँछ। पुरानो मित्रता प्रेममा परिणत हुन सक्छ। मेहनतले नाम र दाम दिलाउनेछ। नयाँ अवसरबाट काम बनाउँन सकिन्छ।

कर्कट (Cancer): शारीरिक कमजोरी बढ्न सक्छ। बाध्यताले केही अलमल्याउँछ, तर प्रयास गर्दा केही उपलब्धि प्राप्त गर्न सकिन्छ। सामुदायिक जिम्मेवारीको समय छ।

सिंह (Leo): खर्च र चुनौतीको समय छ। स्वास्थ्यमा कमजोरी अनुभव गर्न सकिन्छ। सामान्य काममा ध्यान दिनुपर्नेछ। प्रयत्न गर्दा फाइदा मिल्नेछ।

कन्या (Virgo): व्यक्तित्व र कामले चर्चा कमाउँछ। उपहार प्राप्त हुनेछ र जीवनशैलीमा परिवर्तन आउनेछ। व्यवसायमा रमाइलो यात्रा र अवसर मिल्नेछ।

तुला (Libra): शत्रुहरूको पराजय हुनेछ। स्वास्थ्यमा सुधार आउँछ र मिहिनेतले फाइदा मिल्नेछ। दिगो आर्थिक लाभको लागि नयाँ योजना बन्न सक्छ।

वृश्चिक (Scorpio): अवसरको पछ्याइँमा प्रतिफल कमजोर देखिन्छ। सहयोगीहरू साथ नदिन सक्छन्। धैर्य र मेहनतले न्यून प्रतिफल प्राप्त गर्न सकिन्छ।

धनु (Sagittarius): आश्वासन दिनेहरूले धोका दिन सक्छन्। कामको अवसर छ तर तत्काल परिणाम नहुन सक्छ। पहिलेका सम्झौतामा समस्या आउन सक्छ। पुनः प्रयास गर्दा सफलता मिल्नेछ।

मकर (Capricorn): नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रता बढ्नेछ। व्यवसायमा लगानीले ठूलो फाइदा ल्याउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्छ।

कुम्भ (Aquarius): बोली र अभिव्यक्तिमा प्रभाव बढ्नेछ। मिहिनेतले सम्मान र धन ल्याउनेछ। काममा सुधार र आम्दानीका स्रोत बढ्नेछ।

मीन (Pisces): रमाइलो जमघटको अवसर मिल्नेछ। आत्मविश्वास बढ्नेछ र सहयोगीहरूको साथले उत्साह जाग्नेछ। नयाँ कामको अवसरले हौसला मिल्नेछ।