आजको राशिफल : २०८२ कार्तिक ६ गते, बिहीवार (अक्टोबर २३, २०२५) 🌞

आजको राशिफल : २०८२ कार्तिक ६ गते, बिहीवार (अक्टोबर २३, २०२५) 🌞

काठमाडौं – आज कार्तिक शुक्लपक्ष द्वितीयाको दिन, तुला राशिमा चन्द्रमा रहँदा ग्रह–नक्षत्रको प्रभाव अनुसार बार्है राशिका फलादेश फरक–फरक देखिएका छन्। विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेनाका अनुसार आजको दिन मिहिनेत र निर्णय क्षमताले धेरैको भाग्य निर्धारण गर्नेछ।

🔯 मेष ♈ (Aries) – मिहिनेतले सफलता र प्रतिष्ठा दिलाउनेछ। लक्ष्य सजिलै पूरा हुनेछ, आर्थिक लाभको सम्भावना।

🔯 वृष ♉ (Taurus) – प्रतिस्पर्धामा जित्ने अवसर, परिश्रमको राम्रो प्रतिफल। नयाँ काम शुभ हुनेछ।

🔯 मिथुन ♊ (Gemini) – बुद्धिको सदुपयोगले फाइदा मिल्नेछ। अध्ययन र बौद्धिक क्षेत्रमा प्रगति सम्भव।

🔯 कर्कट ♋ (Cancer) – परिस्थिति पूर्ण रूपमा अनुकूल नहुन सक्छ। निर्णय लिँदा विशेष सोचविचार आवश्यक।

🔯 सिंह ♌ (Leo) – प्रयास र परिश्रमले ठूला उपलब्धि दिनेछ। आर्थिक स्थिति सुधार हुने संकेत।

🔯 कन्या ♍ (Virgo) – अध्ययनमा सफलता मिल्नेछ। बोली र लेखनमा प्रभाव बढ्ने, सम्मान प्राप्त हुने योग।

🔯 तुला ♎ (Libra) – सहयोगी भेटिनेछन्। रमाइलो जमघट र नयाँ अवसरले धन लाभ हुनेछ।

🔯 वृश्चिक ♏ (Scorpio) – आकस्मिक खर्च बढ्ने सम्भावना। काममा ढिलासुस्ती भए पनि पुनः प्रयासले सुधार आउँछ।

🔯 धनु ♐ (Sagittarius) – मिहिनेतको राम्रो फल मिल्नेछ। व्यापारमा फाइदा र अध्ययनमा प्रगति सम्भव।

🔯 मकर ♑ (Capricorn) – नयाँ अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध बढ्ने र प्रतिष्ठा कमाउने समय।

🔯 कुम्भ ♒ (Aquarius) – परिस्थिति अनुकूल छ। आध्यात्मिक चेतना बढ्नेछ र नोकरी–व्यवसायमा फाइदा हुनेछ।

🔯 मीन ♓ (Pisces) – स्वास्थ्यमा कमजोरी र निर्णयमा असावधानीले समस्या ल्याउन सक्छ। काममा ढिलाइ सम्भव।

🪔 ज्योतिष सल्लाह : आजको दिन नयाँ योजना सुरु गर्न अनुकूल मानिएको छ, तर निर्णय लिँदा धैर्य अपनाउन सुझाव दिइएको छ।

🔮 विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना : 📞 +९७७ ९८१-१८३६४५६