“Science and Technology Information Management System: Practices and Experiences” विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु
![]()
ललितपुर, वैशाख २४, २०८२ बुधबार ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सहकुलपति माननीय रघुजी पन्तज्यूले आज एक समारोहबीच Non-Aligned Movement and Other Developing Countries Science and Technology Centre (NAM S&T Centre) को सहकार्यमा आयोजित “Science and Technology Information Management System: Practices and Experiences” विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु भयो ।
३ दिने उक्त सम्मेलनमा नेपाल समेत गरी NAM S&T Centre का सदस्य राष्ट्रहरुका ११० जना सूचना प्रविधि र डाटा साइन्सका विज्ञहरुको सहभागिता रहेको छ ।
सम्मेलन उद्घाटनका अवसरमा मन्तव्य व्यक्त गर्दै माननीय मन्त्री रघुजी पन्तज्यूले आजको सूचना प्रविधिको युगमा अधिकतम फाइदा लिनको लागि अनुभवहरुको आदान प्रदानको आवश्यकता औंल्याउनु भयो । उहाँले सूचना प्रविधिका कार्यरत जनशक्तिलाई नेपालमा रहने वातावरण सिर्जना आवश्यक रहेको तर यसमा नीतिगत सुधारमा चुनौती रहेको विचार व्यक्त गर्नु भयो ।
नास्टका क्रियाकलापहरु निरन्तरताका एउटा पाटो भएको तर जनताको जीवन स्तर उकास्न तथा प्रविधि विकासको क्षेत्रमा केही गरेर देखाउने बेला आएको छ भन्नुभयो । नास्टसँग देशले आत्मसात गर्ने खालका नयाँ कार्यक्रम छन् भने त्यसलाई छलफलमा ल्याउन र स्रोतको उचित व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको जानकारी दिनु भयो ।

सम्मेलन आयोजनाको उद्देश्य माथि प्रकाश पार्दै नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले नास्टले विज्ञान तथा प्रविधिको सूचना प्रणालीलाई व्यवस्थित गर्न एक छुट्टै केन्द्रको रुपमा विकास गर्न संरचना तयार गर्ने कार्य प्रारम्भ भएको र अन्तराष्ट्रिय ज्ञान आदान प्रदान गरी भावी रणनीति तयार गर्न यो सम्मेलनको आयोजना गरिएको जानकारी दिनु भयो ।
उहाँले सम्मेलनमा ७ वटा विषयगत क्षेत्र क्रमशः Managing S&T Data in Low-Resource Environments, Current and Emerging Issues in S&T Information Management, Policies and Governance in S&T Data Management, Open Access, Data Sharing and Equitable Access to S&T Knowledge, Early Career Researchers in S&T Information Management, Early Career Researchers in S&T Information Management, Enhancing the Security and Integrity of Information Systems in S&T Domains मा आधारित रहेर १ वटा Special Invited Speaker,
, ५ वटा Keynote Speakersgood सहित सदस्य राष्ट्रहरुबाट ९ वटा कार्यपत्र, नेपालबाट १६ वटा कार्यपत्र तथा १० वटा पोस्टर प्रस्तुतिकरण हुने जानकारी दिनु भयो ।
सोअवसरमानास्टकाउपकुलपतिप्रा.डा.दिलीपसब्ुबालेनास्टलेसूचनाप्रविधिक्षेत्रलाईउच्च प्राथमिकता राखेको जानकारी दिंदै नास्टलाई विज्ञान तथा प्रविधिको सूचना व्यवस्थापनको हवको रुपमा विकास गर्न अग्रसर रहेको बताउनु भयो ।
सो अवसरमा NAM S&T Centre का महानिर्देशक डा. अमिताव बन्दोपाध्यायले न्यून आय भएका तथा विकासोन्मुख राष्ट्रहरुबीच सहयकार्य गरेर विज्ञान तथा प्रविधिको विकासको लागि केन्द्रले वैज्ञानिक सम्मेलन र वैज्ञानिक प्रकाशन लगायत विभिन्न माध्यमबाट सहयोग गरिरहेको बताउनु भयो । यो सूचना प्रविधि व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन यसैको एक भाग रहेको बताउनु भयो । आगामी समयमा पनि नास्टसितको सहकार्यमा वृद्धि गर्न केन्द्र सकरात्मक रहेको जानकारी दिनु भयो ।
उक्त सम्मेलनमा नेपालको तर्फबाट प्रा. डा. शशिधर राम जोशीले सूचना प्रविधिको विकास, आर्थिक उन्नतिसँग जोडिएसँगै प्रविधिको उपयोग र विज्ञान तथा प्रविधिको विकास गरेर मात्र राष्ट्रको विकास हुन सक्छ भन्ने विषयमा केन्द्रित रहेर रोचक प्रस्तुति दिनु भएको थियो ।
विज्ञान तथा प्रविधिको सूचना प्रणालीको व्यवस्थापनमा आगामी दिनमा तय गर्नु पर्ने मार्ग चित्र यो सम्मेलनले दिने लक्ष्यका साथ चलिरहेको यो सम्मेलनको समापन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले गर्ने गरी व्यवस्थापन गरिएको छ ।



प्रतिकृया दिनुहोस्