*नेकपा (एमाले)को ११औँ महाधिवेशन : एक विश्लेषण* डा.विजय दत्त

*नेकपा (एमाले)को ११औँ महाधिवेशन : एक विश्लेषण* डा.विजय दत्त

नेकपा (एमाले)को एग्यारहौं महाधिवेशन २०८२ सालको मंसिर २७ देखि २९ तदनुसार ई. २०२५ डिसेम्बर १३-१५ सम्मको समय निर्धारण गरिएको छ ।र,तोकिएकै मितिमा महाधिवेशन हुने नै छ । वि.स.२००६ तदनुसार १९४९ कलकत्तामा गठन गरिएको यो पार्टीले स्थापनाको ७६ वसन्तको आरोह-अवरोहरुपी वसन्ती वायुको वेग थेगेको-भोगेको छ। पार्टीको प्रथम प्रमुख पुष्पलालदेखि वर्तमान अध्यक्ष खड्गप्रसाद ओलीसम्मको वेदनाबाट बेधित-दग्धित-आनन्दित समेत भएको छ । सुनौला अवसरहरुका साथै नव युवा पुस्ता [GenZ] का २०८२ भदौ २३-२४ गतेको भीषण विद्रोहको अति कष्टकारी पीडा समेत भोगेको छ । यसबाट समग्र मुलुकको राजनीतिक,सामाजिक,सांस्कृतिक,आर्थिक तथा विदेश नीति तथा सम्बन्धमा असोचनीय परिवर्तन ल्याई दिएको छ । यो अवस्था नेकपा(एमाले) र नेपाली कांग्रेसको लगभग दुई-तिहाइको सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री खड्गप्रसाद ओली (KP Oli) नै थिए । कसरी विधान अधिवेशन सकिएको भोलिपल्ट नै कांग्रेस-एमाले-मधेश आश्रित दलहरु सत्ताच्युत भए । त्यसको तटस्थ समिक्षा एमालेको एउटा धारले त गर्यो तर अर्को धारले गरेको सुनिएको छैन ? त्यस विद्रोहको उपयुक्त समिक्षा हुनुपर्ने विचार नागरिक समाजको स्पष्टरुपमा रहेको छ।
साथै प्रतिनिधि सभाको निर्वाचन २०८२ फागुन २१ मा हुने समेत तिथि-मिति धोषणा गरिएको छ ।

यस विकट तथा विषम पृष्ठभूमिमा नेकपा (एमाले ) को
११औँ महाधिवेशन हुंदै छ जुन इतिहासमा सबैभन्दा निर्णायक मोड मानिएको छ। यो महाधिवेशनले—

पार्टीभित्रको नेतृत्वमा हस्तान्तरण- पुस्तान्तरण, वैचारिक परिभाषा- पुनःपरिभाषा,संगठनात्मक पुनर्संरचना, २०७९ पछि घट्दो जनसमर्थन पुनःउत्थान,
यी मुख्य विषयमा दीर्घकालीन प्रभाव पार्नेछ भने भनाइ देखिन्छ ।

१. *महाधिवेशनको प्रमुख राजनीतिक पृष्ठभूमि*…

(१) *विभाजनपछि पुननिर्माणको अवस्थामा UML*

२०७८ मा एमाले फुटेर नेकपा (एस) जन्मिएपछि UML को संगठनात्मक संरचना कमजोर बन्यो।
त्यसपछि पार्टीले पुनःस्थापना अभियान, क्याडर–मोबिलाइजेसन र संरचनागत एकीकरणमा समय खर्चिएको छ।

(२) *नेतृत्वप्रति असन्तोष / पावर–स्ट्रक्चरमा तनाव*

पछिल्ला ८ वर्षदेखि पार्टीमा एकै नेतृत्व (KP ओली) को निरन्तरतामा युवा पुस्ता,दोस्रो–तेस्रो तहका नेता,वैचारिक समूह
बीच ‘परिवर्तन–आवश्यकता’ को बहस बलियो बने तर,नेतृत्व उदासीन रहेको देखियो । आफै *ओली* केहि व्यक्तिको घेराबन्दीमा परेको भनाइ कार्यकर्ता तथा आमजनको भनाइ देखिएको छ ।

(३) *२०८२ को निर्वाचन पूर्वको निर्णायक मोड*…

महाधिवेशनबाट आउने नेतृत्वले
आगामी संसदीय निर्वाचनको परिणाम र दलको भविष्य
सीधा निर्धारण गर्ने गम्भीर जिम्मेवारी हुनेछ । जुन परिवर्तित सक्रिय नेतृत्ववाट मात्र सम्भव हुने राजनितिक रचनाकारहरुको भनाइ रहेको छ ।

२. *महाधिवेशनका मुख्य एजेन्डाहरू*…

(१) नेतृत्व चयन

यो महाधिवेशन मूलतः ‘ *ओली निरन्तरता vs. नयाँ पुस्ता र नयाँ नेतृत्वको* ’ को प्रतिस्पर्धा हो भने देखिन्छ ।

*मुख्य प्यानलहरू*:

*केपी शर्मा ओली* प्यानल (यथावत विचार )

*ईश्वर पोखरेल* प्यानल (अर्ध–स्वतन्त्र, वैकल्पिक नेतृत्व सहितको एजेन्डा )

यो UML को इतिहासमा सबैभन्दा प्रतिस्पर्धात्मक नेतृत्वीय चयन महाधिवेशन मानिन्छ।

(२) *वैचारिक परिभाषा- पुनःदिशानिर्देशन*…

महाधिवेशनले UML को मूल वैचारिक लाइनलाई तीन कोणबाट पुनःव्याख्या गर्नेछ …

(क) *समाजवाद–उन्मुख बहुदलीय व्यवस्था*

– १९९० को पहिचान पुनःअद्यावधिक
– चीन–रूसभन्दा भिन्न, युरोपेली समाजवाद नजिक

(ख) राष्ट्रवाद–केन्द्रित विकास मोडेल

– मधेश आश्रित दलहरू र भारतको नाकाबन्दीपछिको राष्ट्रवादी छवि UML को *कोर–क्यापिटल* बनेको तथ्य
जगजाहेर छ तर, अत्यधिक राष्ट्रवादले कूटनीति कमजोर बनाएको आलोचना पनि उत्तिकै भएको थियो र छ पनि ।

(ग) *सामाजिक–भौगोलिक समावेशिता*सहितका सामाजिक न्याय*

– मधेशी, जनजाति, थारू, महिलाहरूको नेतृत्व सहभागितामा UML कमजोर देखिएको छ । एकजनालाई नेतृत्वमा ल्याएर अरु सबैमाथि साशक भइ शासन गर्ने नीति अंगालेको देखिन्छ । एउटै पार्टी र समुह भित्र भिडाउने र अर्को नेतृत्व कमजोर बनाउने सदावहार नीतिगत उदेश्य नै बनेको देखिन्छ ।
यस *११औँ महाधिवेशनले “Power sharing*” को नयाँ फर्मुला ल्याउने सम्भावना छ ।

(३) *संगठनात्मक पुनर्संरचना*

महाधिवेशनमा तीन प्रमुख संरचनागत सुधार प्रस्ताव छन्—

1. *तीनै तहको संगठनात्मक शक्ति–सन्तुलन*

केन्द्रीय समिति,स्थायी समिति,पोलिटब्यूरो
(छलफल : “ओली–केंद्रित मोडेल” vs “बहु–केंद्रित मोडेल”)

2. *डिजिटल पार्टी–व्यवस्थापन*
– सदस्यता, पार्टी–डाटा, प्रशिक्षण
– युवा क्याडरलाई डिजिटलाइजेशनमा जोड

3. *महिला/मधेशी/आदिवासी नेतृत्व कोटा*
– पहिलो पटक संरचनागत ३०–५०% प्रतिनिधित्व प्रस्ताव ….?

३. *नेतृत्व प्रतिस्पर्धामा प्रमुख व्यक्तित्वहरूको भूमिका*
देखिएका अध्यक्षका उम्मेदवारहरु-

क. *केपी शर्मा ओली*
( पक्ष:राष्ट्रवादी छवि,मन लागेको बेलामा स्पष्ट निर्णय क्षमता )
*चुनौती*:
लामो निरन्तरता,युवा पुस्ताको असन्तोष,आफ्नै मानिसबाट चक्रव्युही घरामा रमन्ते,२०७८ को विभाजनको जिम्मेवारी

ख. *ईश्वर पोखरेल*

पहिलो पटक स्पष्ट रूपमा ‘स्वतन्त्र प्यानल’ सहित सशक्त उम्मेदवार भइ उभिएको छ।
*बलियो पक्ष*:
संगठनमा गहिरो पकड,वैचारिक स्पष्टता,अनुशासनमा कडाइ,वैचारिक गम्भीरता ।
*चुनौती*:
व्यापक जनाधार तर,प्रतिनिधि छनौटमा केहि समस्या,पार्टीभित्र गठबन्धन ।

४. *UML को भविष्य–दिशा : ११औँ महाधिवेशनले तय गर्ने ५ निर्णायक मोड*-

१. KP ओली–युगको अन्त्य हुन्छ कि निरन्तरता ?
-पार्टीको भावी चरित्र यहीबाट निर्धारित हुनेछ।

२. नयाँ नेतृत्व-युवा पुस्ता’ नेतृत्वमा प्रवेश गर्छ कि?

जानकारहरुको विचार अनुसार नयाँ नेतृत्व र नयाँ पुस्तालाई “Second line leadership” दिन सक्यो भने UML को भविष्य सुनौलो हुनेछ ।

३. UML मधेश/पहाडी मधेश/जनजाति समुदायमा पुनःउत्थान हुन्छ कि ?

२०७९ तथा GenZ विद्रोह २०८२ भदौ २३/२४ पछि UML मधेशी,जनजाति युवा पुस्तामा कमजोर भएको दृष्टान्त छ ।

४. चीन–भारत र US संग कूटनीति सन्तुलन कसरी तय गर्ने ?

अब UML सधैं “सन्तुलित राष्ट्रवाद” मा बलियो देखिनु पर्ने हुन्छ ।

५. २०८२ को निर्वाचनमा UML पुनः मुख्य शक्ति बन्छ ?

महाधिवेशनको नेतृत्व र संगठनात्मक निर्णयले प्रत्यक्ष असर पार्नेछ।

५. समग्र मूल्यांकन

११औँ महाधिवेशन UML को “Turning Point” हो।
यस महाधिवेशनले—
नेतृत्व,वैचारिक दिशा,क्याडर संगठन,चुनावी रणनीति,राष्ट्रिय राजनीति
सबैलाई पुनःपरिभाषित गर्नेछ ।

राजनीतिक जानकारहरुको विचारमा यदि
ओली प्यानल जित्यो भने UML राष्ट्रवाद–केन्द्रित, केन्द्रीय–नेतृत्व मा निरन्तरता हुनेछ।
पोखरेल प्यानल जित्यो भने UML सशक्त संगठन–मुखी, समावेशिता–उन्मुख, बहु–नेतृत्व मोडेलमा परिवर्तन हुनेछ ।
अब समय नजिकदै छ एमालेको यो महाधिवेशनबाट चयनित नेतृत्वले मुलुकमा नव परिवर्तनका बहुआयामिक द्वार खोलोस् यही जनअपेक्षा रहेको छ ।
विगतमा भएका पहिलो विधान अधिवेशनबाट विधानमा राखिएका पदावधि,उमेर लगायतका प्राबधानहरुलाई तीन महिनापछि भएको पार्टीको दसौं महाधिवेशनबाट संशोधन गरिए जुन आलोचनाको शिखरमा रहे ।
अब आउने नेतृत्वले यस्ताखाले व्यक्तिकेन्द्रित निर्णय गर्नेछैन भनी समेत अपेक्षा गरेको छ ।
*ईति शुभम्*……..